भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथमा

काठमाडौं ! भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथको दर्शन गरेका छन् । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर उनले दर्शन एवं पूजाअर्चना गरेका हुन् ।

पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।  उनलाई पशुपति क्षेत्र विकास कोषका पधाकिारीले स्वागत गरेका थिए ।

दुई दिने भ्रमणका लागि बिहीबार उनी नेपाल आए थिए । जयशंकरले भ्रमणका क्रममा बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए ।

नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर पनि बिहीबार नै भएको थियो ।

जयशंकर आजै दिउँसो साढे १२ बजे स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।