जोखियो पशुपतिको जलहरी

काठमाडौं ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले प्सुरशुपतिमा राखिएको सुनको जलहरी जोखेको छ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँचका लागि आयोगको टोली आइतबार साँझ पशुपति गएको थियो।

आइतबार नै टोलीले जलहरी निकालेर, त्यसलाई धोएर सफा पारी जलहरीको तौल लिएको हो । पशुपति  क्षेत्र  विकास  कोषका  कार्यकारी निर्देशक  डा.  घनश्याम  खतिवडाका  अनुसार    जलहरी, जलहरीमा  लगाइएको   दुई  थान  पे टिकासमेत  गरि   जम्मा एक सय छ दशमलव ४३२५ किलो  ग्राम सुन देखिएको   छ । उनका अनुसार सुनको जलहरी  कस्नलाई  बनाइएका  काँटीको   नापतौल  १.३७५  किलोग्राम  देखिएको  छ ।

जलहरी राख्दा अनियमिमता भएको विषय बाहिर आएपछि अख्तियारले छानबिन गरिरहेको छ । उक्त विषयमा अख्तियारमा उजुरी नै परेपछि अनुसन्धान अधिकृत नै तोकेर अख्तियारले अनुसन्धान थालेको अखित्यरका प्रवक्ता भोला दाहालले बताए । ‘ही शिलशिलामा आइतबार पशुपतिमा टोली गएको उनले बताए ।

अख्तियारको टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि संलग्न रहेका थिए । उनीहरूले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे-नरहेकोलगायत विषयमा परीक्षण गरेका छन्।

जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको भनी विषय बाहिरिएको थियो । विसं २०७७ माघ १२ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब १ अर्ब रुपैयाँलागतमा जलहरी राख्ने घोषणा गर्दै त्यसका लागि सरकारले ३० करोड रुपैयाँ दिने बताएका थिए । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो  ।

सुनको जलहरी राख्दा निर्धारित तौलभन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप छ । सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको थियो । उक्त सुनमा तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरेपछि जलहरीको तौल १०७ किलो ९२४.७५ ग्राम कायम भएको थियो ।

महालेखा परीक्षकको कार्यालयले पनि जलहरी बनाएर बाँकी रहेको सुनको सबै परिणाम रिङ बनाउन प्रयोग गरेको पुष्टि नभएको औँल्याएपछि यसको सर्वत्र आवाज उठेको थियो । उक्त विषय संसदमा समेत चर्काे रुपमा उठेको थियो ।

केही अघि एक संसदीय समितिमा छलफलको क्रममा पशुपतिमा सुनको जलहरी लगाउँदा १० किलो सुन गायब पारेको भनेर अनाहकमा आफ्नो बदनाम गरेको भन्दै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा धुरुधुरु रोएका थिए । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सदस्यसचिव थापाले की सुन चोरी गरेको प्रमाणित गरेर देखाउन चुनौती दिँदै अन्यथा बदनाम नगरिदिन आग्रह गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *