भक्तजनका लागि आजबाट पशुपतिनाथ मन्दिर खुला

काठमाडौं । पशुपतिनाथको मन्दिर आजबाट खुला एको छ । आज बिहानैबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार मन्दि खुला गरिएको कोषले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ ।

“आम दर्शनार्थी एवं भक्तजनहरुको गुनासोलाई समेत मध्यनजर राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथको मन्दिर भक्तजनहरुको दर्शनका लागि मिति २०७८/१०/२८ गते शुक्रवारका दिनदेखि खुला गरिने व्यहोरा सबैलाई जानकारी गराइएको छ,” एक सूचना जारी गर्दै कोषले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *