पशुपतिनाथ मन्दिर शुक्रबारदेखि भक्तजनका लागि खुला हुने

काठमाडौं – पशुपतिनाथ मन्दिर भोलि शुक्रबारदेखि भक्तजनका लागि खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको मन्दिर भोलिदेखि खुला हुने भएको हो ।

कोषले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत स्थलमा जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा नबढ्ने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खोल्न लागेको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *