पशुपति विकास कोषको सदस्य सचिवमा डा. मिलन थापा नियुक्त

काठमाडौं । सरकारले पशुपति विकास कोषको सदस्य सचिवमा मिलन कुमार थापालाई नियुक्त गरेको छ । भदौ १८ को निर्णयअनुसार उनलाई सदस्य सचिव पदमा नियुक्त गरिएको हो ।

उनलाई प्रधानमन्त्रीस्तरीय बैठकले चार वर्षका लागि नियुक्त गरेको हो ।  डा. थापाले तान्त्रिक विद्यामा पीएचडी गरेका हुन् । उनले आजै पदबहाली गर्ने तयारी गरिएको छ ।

“केही गर्छु भन्ने भावनाका हुन् थापा,” मन्त्रालय निकट स्रोतले भन्यो, “आजै पदबहालीको तयारी छ ।”
थापा यसअघि विकास कोषको कोषाध्यक्षका रुपमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *