एमाले सचिव भट्टको गृहनगरबाट माओवादी केन्द्रका वडा उपाध्यक्ष एमालेमा प्रवेश

कैलाली! पुर्वमन्त्री एवं नेकपा (एमाले) का सचिव लेखराज भट्टको गृहनगर गोदावरी नगरपालिका वडा नम्बर ४ बाट माओबादी केन्द्रका वाड उपाध्यक्ष नरेश बहादुर सिंह नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
उहाँलाई आज बिहान एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो । सचिव भट्टले उहाँलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।

माओवादी केन्द्रको निती , बिचार र   सिद्धान्तसँग असहमती जनाउँदै सो पार्टी छोडेको सिंहले बताउनु भएको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट , वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर , जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *