युवा व्यवसायी प्रकाश साह सहित १३० जना युवा व्यवसायीहरू एमालेमा प्रवेश

काठमाडौं । युवा व्यवसायी प्रकाश साह नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ  ।
नेकपा (एमाले) द्वारा शनिबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँसहित १३० जना स्वतन्त्र युवा व्यवसायी एमालेमा प्रवेश गर्नुभयो ।


महासचिव शंकर पोखरेलले उहाँहरूलाई खादा लगाई स्वागत गर्नुभयो । युवा व्यवसायीहरूको पार्टी प्रवेशलाई केन्द्रीय सदस्य प्रेम तामाङले सहजीकरण गर्नुभएको थियो ।