कर्णाली माओवादीमा आयो संकट : हुम्लाका प्रभावशाली नेता लगायत एमालेमा प्रवेश

काठमाडौं ! नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीका पूर्वसदस्य तथा २०६४ सालको संविधानसभामा हुम्लाबाट प्रतिनिधित्व गर्नुहुने सभासद् छिमी दोर्ची लामाको नेतृत्वमा जिल्लाका महत्वपूर्ण नेताहरू नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । हिजो बिहिबार साझ बालकोटमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले उहॉहरूलाई स्वागत गर्नुभयो ।
प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका छ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत हुनुहुन्छ ।
नेकपा (एमाले) रोजेर समयमै सही निर्णय गर्नुभएकोमा नवप्रवेशी नेताहरूलाई धन्यवाद दिंदै अध्यक्ष ओलिले भन्नुभयो, ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला- त्यसको हालत कुनै बेलाको पेरूको साइनिङ पाथको जस्तो हुनेछ ।’
उक्त अवसरमा पार्टीका महासचिव कमरेड शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज कमरेड गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्जद्वय दल रावल र दल फडेरालगायतका नेताहरुको उपस्थिति थियो ।           

Leave a Reply

Your email address will not be published. Required fields are marked *