गुल्मीको छत्रकोट गाउँपालिका भयो एमालेमय : काङ्ग्रेस, माओवादीका अधिकांश सदस्य एमालेमा प्रवेश

काठमाडौं !  गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रभावसाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार छत्रकोट गाउँपालिका वडानम्बर–५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट ७० प्रतिशत कार्यकर्ता एमालेमा प्रबेश गरेका हुुन् ।
छत्रकोट गाउँपालिकाका ०७४ सालका गाउँपालिका प्रमुखका उम्मेदवार रामप्रसाद पाण्डे, गाउँपालिका सचिव सरोज पाण्डे, कोषाध्यक्ष इन्दिरा पाण्डे सहित नेकपा आमोवादीबाट प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका हुनु् । कार्यक्रममा छत्रकोटको खज्र्याङ्ग र दौंघाबाट नेपाली नेपाली कांग्रेसबाट पनि केहि नेता तथा सयौं कार्यकर्ता एमालेका प्रबेश गरेका छन् ।
नव प्रवेसी सयौं कार्यकर्ताहरुलाई नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पार्टीमा टीका लगाएर स्वागत गरेका हुन् । पार्टीमा प्रवेश गर्दै रामप्रसाद पाण्डे र सरोज पाण्डेले नेकपा एमालेले थालेको कम्युनिष्ट आन्दोलनलाई थप इटा थप्न पार्टीमा प्रवेश गरेको बताए ।
उनले नेकपा आमोवादी केन्द्र जनताको जनभावना अनुसार चल्न नसकेको बताए । यो देशमा कम्युनिष्ट शक्ती एक भएर अगाडी बढाउनको लागि नेकपा एमालेको मात्रै अगुवाइ गर्न सक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेको आन्दोलनमा एकता बद्ध भएर अगाडी बढन आग्रह गरे ।
रामप्रसाद पाण्डे र सरोज पाण्डे छत्रकोट गाउँपालिकाका माओवादी केन्द्रका लोकप्रिय युवा नेता हुन् । यी नेताहरु नेकपा एमालेमा प्रवेश गरेसँगै बाँकी रहेका नेता तथा कार्यकर्ता पनि विस्तारै प्रवेश गर्ने बताइएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरु सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *