नेकपा एसका केन्द्रीय सदस्य गोपाल बम एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम नेकपा (एमाले)मै फर्किनु भएको छ । नेकपा (एमाले)मा फर्कन  अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएका बमलाई अध्यक्ष ओलीले खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
२०७४ सालको निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका बम पार्टी विभाजन हुँदा एकीकृत समाजवादीमा लाग्नुभएको थियो । उहाँले माधव नेपालको भ्रममा परेर विभाजनको पक्षमा लाग्न पुगेको र त्यो कदम गल्ती भएको बताउनुभएको छ ।
उहाँले नेकपा एकीकृत समाजवादीको औचित्य छैन भन्ने कुरा जनताले प्रष्ट पारिसकेकाले आफू पुरानो घर फर्किएको बताउनुभएको छ ।