संविधान सभाका सदस्य तथा बाराका चिरपरिचित नेता कुशवाह एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य शिवचन्द्र प्रसाद कुशवाह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगश भट्टराई लगायतका नेताहरूले शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बाराका चिरपरिचित नेता कुशवाहलाई  खादा र अविर लगाई पार्टीमा स्वागत गर्नुभयो ।