माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य कुलानन्द गिरी र सानुमाया मगर एमालेमा प्रवेश

काठमाडौं ! नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य कुलानन्द गिरी र सानुमाया मगर नेकपा एमालेमा प्रवेश गर्नु भएको छ।

उहाँहरु आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निजि निवास बालकोटमा पुगि एमालेमा प्रवेश गर्नु भएको हो। उहाँहरुलाई अध्यक्ष ओली र महासचिव शङ्कर पोखरेलले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो।