माधव नेपाललाई प्रतिक्रियावादी भन्दै नेकपा एस सुर्खेतका अध्यक्ष बडुवाल सहितकाे टिम एमालेमा समाहित

काठमाडौं ! काठमाडौंमा केन्द्रिय कमिटीको बैठक आयोजना भैरहेको माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल सहितकाे टिम एमालेमा समाहित भएका छन् ।

आज सुर्खेतमा आयोजित एक विशेष कार्यक्रमबाट उनीहरु एमालेमा फर्किएका हुन् । उनीहरु सबैलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नु भएको हो।उक्त अवसरमा एमाले सचिव एवं कर्णाली इन्चार्ज लेखराज भट्ट,पोलिटब्यूरो सदस्य यमलाल कंडेल लगायतका नेताहरुको उपस्थित थियो।

माधव नेपाल प्रतिक्रियावादीहरुको गोटी बनेर कम्युनिस्ट आन्दोलन छियाछिया बनाउन लागेको आभास भएर आफुहरुले नेकपा एस त्यागेको उनीहरुको प्रतिक्रिया छ। उनीहरुले माधव नेपालले एमाले बिभाजन गरेर इतिहासकै गल्ती गरेको भन्दै उनको कडा आलोचना गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *