नेकपा एस छोड्ने क्रम तीब्र : आजमात्र ३६ जना युवा संघका नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी त्यस
पार्टीको युवा संघ आवद्ध युवाहरु एमालेमा प्रवेश गरेका छन। आज प्रवेश गर्नेहरुमा युवा संघ अनुशासन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा, युवा संघ केन्द्रीय सचिवालय सदस्य एवम् भक्तपुर जिल्ला इञ्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज खड्का लगायत
३६ जना नेता तथा कार्यकर्ताहरू रहेका छन् ।

उनीहरु सबैलाई नेकपा एमाले केन्द्रिय कार्यालयमा आयोजित बिशेष कार्यक्रमबाट एमाले अध्यक्ष केपि शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएकाे हाे । केही समययता नेकपा एसमा पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने लहर नै चलेको छ। हिजोमात्र उक्त पार्टीकी बैकल्पिक केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेकी थिईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *