माधव नेपाललाई छोड्नेको लर्को : केन्द्रीय सदस्य कमला तुलाधरद्वारा नेकपा एस परित्याग

काठमाडौं ! नेकपा एकिकृत समाजवादीको वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा(एमाले) प्रवेश गर्नु भएको छ। उहाँ शनिबार अध्यक्ष ओली निवास बालकोट पुगेर एमालेमा प्रवेश गर्नु भएको हो।
नेतृ तुलाधरलाई अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो।

यतिखेर माधव नेपालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा एस छोड्नेको लर्को छ। नेकपा एसका अधिकांश नेता कार्यकर्ताहरु आफ्नो पुरानो पार्टी एमालेमा फर्किरहेका छन् । नेतृ तुलाधरले माधव नेपाल दक्षिणपन्थी स्वार्थमा भासिएको र कम्युनिस्ट आन्दोलनलाई काङ्ग्रेसको पाउमा बुझाउन खोजेकोले आफु पुरा घर फर्किएको बताउनु भएको छ। नेकपा एसका अध्यक्ष माधव नेपाल हाल आफ्नो निजि भ्रमणमा युरोपका देशहरुमा हुनुहुन्छ। ललिता निवास प्रकरणमा अदालतले उहाँ लगायत बाबुराम भट्टराईलाई पनि बयान लिन आदेश दिएको भोलिपल्ट उहाँ युरोप हानिनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *