अर्घाखाँची कांग्रेसकी जिल्ला प्रवक्ता गौतम एमालेमा प्रवेश

रुपन्देही । नेपाली कांग्रेस अर्घाखाँचीकी प्रवक्ता तथा पाणिनि गाउँपालिकाका पूर्वउपाध्यक्ष लक्ष्मी गौतम नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष बनेकी गौतम पछि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।  गौतमलाई केन्द्रीय सदस्य चेतनारायण आचार्यलगायतका नेताहरूले पार्टीका स्वागत गर्नुभएको थियो ।
जिल्लामा एमालेबाहेकका सबै दलको गठबन्धन हुँदा पनि स्थानीय तह, प्रदेश तथा सङ्घमा एमालेले सबैलाई पराजित गरेकाले पनि केही कारणले बाहिर रहेका नेता कार्यकर्ताहरू क्रमशः एमालेमा आउनेक्रम रहेको नेता आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *