माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएकै दिन केन्द्रीय नेताहरु एमालेमा प्रवेश

काठमाडौं !  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना नेताहरु नेकपा एमालेमा प्रवेश गर्नु भएको छ।

पार्टी कार्यालय च्यासलमा आयोजित विशेष कार्यक्रममा उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गर्नु भएको हो।

यता आजबाट माओवादी केन्द्र्को केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक सुरु भएकै दिन माओवादी केन्द्रका केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्नुले माओवादीलाई धक्का लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *