माधव नेपाल कम्युनिस्ट आन्दोलन सिध्याउन हिडेको भन्दै नेकपा एसका नेता उप्रेती एमालेमा प्रवेश

काठमाडौं ! सर्लाहीका पूर्वसाँसद तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किनुभएको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किनु भएको छ।

एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुग्नुभएको थियो। उक्त अवसरमै उप्रेती एमालेमा फर्किनु भएको हो,उहाँलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नु भएको छ।

केहि समययता नेकपा एसका नेता कार्यकर्ताहरु एमालेमा फर्किने क्रम बढ्दो छ। माधव नेपाल दलाल पुजीवादीहरुसँग लागेर कम्युनिस्ट सिध्याउने अभियानमा लागेको भन्दै उप्रेती पुरानै घर एमालेमा फर्किनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *