माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

काठमाडौ ! गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने हुनु भएको छ । मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्दै हुनुहुन्छ । जसका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेलसहित आज बिहीबार पर्सा जाँदै हुनुहुन्छ ।

माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको पर्सा जिल्ला कमिटीले जनाएको छ । कार्यक्रम व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य प्रभु साह, रघुवीर महासेठलगायत प्रदेश-२ का नेता पर्सा पुगिसक्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *