माधव नेपाललाई गम्भीर आरोप लगाउँदै नेकपा एस रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत एमालेमा फर्किए

काठमाडौं ! नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत एमालेमा फर्किएका छन् ।

माधव नेपाललाई काङ्ग्रेसको पुच्छर बनेको र नेपाली कम्युनिस्ट आन्दोलन कमजोर बनाएको आरोप लगाउँदै उनी नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा एमालेमा फर्किएका हुन् ।

उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज रामेछापको मन्थलिमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् ।

बस्नेत मन्थली नगरपालिकाको पूर्व मेयरसमेत हुन् । स्थानिय तह निर्वाचन २०७४ मा नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

२०७८ सालमा एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा उभिएपछि पार्टीको जिल्ला अध्यक्ष बनेका उनी गत आम निर्वाचनमा गठवन्धनलाई चूनौती दिँदै प्रदेशसभाको उम्मेदवार बनेका थिए । तर निर्वाचनमा नराम्रररी पराजित भएपछि पार्टीमा असन्तुष्ट रहेका बस्नेत अन्तत एमालेमै फर्किएका छन् ।

नेकपा एसबाट यतिखेर धमाधम नेता कार्यकर्ताहरु एमालेमा फर्किरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *