माओवादी केन्द्रका गोदावरी नगर उपसचिव बडुवाल एमालेमा प्रवेश

कैलाली ! नेकपा माओवादी केन्द्रका गोदावरी नगर कमिटी उपसचिव इश्वर बडुवाल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शनिबार बिहान अत्तरिया स्थित एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टको घरमा आयोजित एक कार्यक्रमका बिच उनी एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एमाले सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट,अर्का सचिव एवं सुदूरपश्चिम इन्चार्ज छबिलाल विश्वकर्मा,पोलिटब्यूरो सदस्य एवं कंचनपुर इन्चार्ज नारदमुनी राना लगायतका नेताहरुले स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *