काङ्ग्रेसका प्रभावशाली नेता केदार मानन्धर एमालेमा प्रवेश

काठमाडाैं । नेपाली कांग्रेसका नेता केदार मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।

उहाँ शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयाेजित विशेष कार्यक्रमबाट एमालेमा प्रवेश गर्नुभएकाे हाे । नेता मानन्धरसँगै अन्य नेताहरुपनि प्रवेश गर्नु भएको थियो।

उहाँहरु सबैलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा र टीका लगाएर एमालेमा स्वागत गर्नुभएको थियो। उक्त कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य,उपमहासचिवहरु प्रदिप ज्ञावाली र बिष्णु रिमाल,सचिव लेखराज भट्ट लगायतका एमाले नेताहरुको उपस्थिति थियो।

कांग्रेस महासमिति सदस्य रहुनभएका मानन्धरले करिब ३ दशक कांग्रेसमा राजनीति गर्नुभएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *