माधव नेपाललाई कम्युनिस्ट विरोधी आरोप लगाउँदै एमालेमै फर्किए केदार न्यौपाने

काठमाडौँ ! नेकपा एकीकृत समाजवादी (नेकपा एस) का तत्कालीन उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किनु भएको छ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत नेताहरूले न्यौपानेलाई पार्टीमा भित्र्याउनु भएको हो।

तत्कालीन नेकपा पोलिटब्युरो सदस्य न्यौपाने २०४५ सालदेखि पटकपटक एमाले केन्द्रीय सदस्यको भूमिकामा रहँदै आउनु भएको थियो। नेकपा विभाजनपछि उउहाँ नेकपा एसमा लागि त्यस पार्टीको उपाध्यक्षको भुमिकामा हुनुहुन्थ्यो।

उहाँले गत चैतमा पार्टी (नेकपा एस) कांग्रेसपरस्त भएको भन्दै राजीनामा दिनु भएको थियो। माधव नेपाल काङ्ग्रेस र माओवादीको गोटी बनेकोले आफू पुरानो घर फर्किएको उहाँले बताउनु भयो। उहाँले माधव नेपाल कम्युनिस्ट विरोधी भएको जिकिर गर्नुभयो। नेता न्यौपानेले देशमा सच्चा कम्युनिस्ट र देशको नेतृत्व गर्न सक्ने पार्टी एमालेमात्र भएको जिकिर गर्नुभयो। उहाँले निकट भविष्यमै बाटो बिराएर एसमा गएकाहरु एमालेमै फर्किनेपनि ठोकुवा गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *