दाङमा रित्तियो माधव नेपालको पार्टी : एसका केन्द्रिय सचिव सहितका नेताहरु एमालेमा फर्किए

काठमाडौं ! नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी र जिल्ला अध्यक्ष सुरामणि बेल्वासेसहितका नेता-कार्यकर्ताहरु आज शनिबार नेकपा एमालेमा फर्किएका छन् ।

माधव नेपाल एमालेबाट अलग्गिएपछि उनकै पछि लागेर नेकपा(एस) गठनमा सहभागी भएका उनीहरु शनिबार तुलसीपुरमा सम्पन्न नेत्रलाल अभागीको ४० औं स्मृति दिवस कार्यक्रमका अवसरमा आयोजित कार्यक्रमबाट एमालेमा फर्किएका हुन् ।

उनीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए । नेकपा एसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मा, जिल्ला उपाध्यक्ष चूर्णबहादुर वली, सचिव डिल्ली डाँगीसहितका नेता-कार्यकर्ताहरू पनि एमालेमा फर्किएका हुन् । उनीहरु सबैले माधव नेपालको पछि लागेर आफुहरुले ठूलो भुल गरेको भन्दै पश्चताप समेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *