देश र जनताका लागि काम गर्ने एकमात्र पार्टी नेकपा (एमाले) हो भन्दै माओवादी नेताहरु एमालेमा प्रवेश : अध्यक्ष ओलीले गर्नुभयो स्वागत

काठमाडौं ! नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सचिव बलराम बल सहित माओवादी मकवानपुरका एक दर्जन नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

आज काठमाडौमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा ग्रहण गर्दै बल सहितका माओवादी केन्द्र मकवानपुरका प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) संयोजक नरेन्द्र रिजाल सहित १२ जना जिल्ला नेताहरु नेकपा एमाले प्रवेश गर्नुभएको हो।एमाले प्रवेश गर्नु हुनेहरुमा राधाकृष्ण रिजाल बसुन्धारा, सुरेन्द्र रिजाल, राज वाइवा, नविन रिजाल, केसर भुजेल, रञ्जन सापकोटा, राधा भुजेल र समिर विष्ट लगायत हुनुहुन्छ।

देश र जनताका लागि काम गर्ने एकमात्र पार्टी नेकपा एमाले रहेको र केपि ओलि जस्तो नेता अर्को सय वर्ष नपाइने भन्दै ओली नेतृत्वको पार्टीमा समाहित हुन पाउँदा एकदमै खुशी लागेको बताउनु भएको छ । नवप्रवेशी नेताहरुले माओवादी केन्द्र मकवानपुरको धेरै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेशका लागि तयार रहेको समेत जानकारी गराउनु भएको थियो।                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *