माधव नेपालको निर्वाचन जिल्लाबाटै उनका नेता- कार्यकर्ताहरु भटाभट एमालेमा प्रवेश

रौतहट । नेकपा एकीकृत समाजवादीका ३१ जना नेताहरू नेकपा (एमाले) मै फर्किनुभएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी बाबुराम दाहाल, मधेश प्रदेश कमिटी सदस्य अमर आले, सचिवालय सदस्य शेख कलिमुल्लाह र नेता टीकाबहादुर कार्कीलगायत नेताहरू एमालेमा फर्किनुभएको हो ।
यस्तै, जिल्ला कमिटी सदस्यहरू बिनोद चौधरी, राजन थापा, रामकुमार खडका, मधुसूुदन धिताल, रामचन्द्र दाहाल, नागेन्द्र राउत चौरसिया, सन्नी कुमार जयसवाल, ननीपत सहनी, बलीराम सहनी, शम्भुप्रसाद गुप्ता, वनपतीदेवी सहनी पनि एमालेमा फर्किनुभएको छ ।
यसैगरी, एमाले फर्किने अन्य नेताहरूमा श्याम नन्दन सहनी, मोहन सहनी, होस नारायण यादव, सुरेश चौधरी, लालबहादुर राउत, शेख अनबर, कमलकान्त मिश्र, कपिलदेव मण्डल, शेख मजहर आलम, पारस सहनी, शेख रेयाज, राम सेवक रायलगायत हुनुहुन्छ ।
उहाँहरूलाई एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सहइञ्चार्ज पुरुषोत्तम पौडेलले पार्टीमा स्वागत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *