जनतामा एमालेप्रतिको क्रेज : धनगढीमा सिंगो गाउँ नै एमालेमा प्रवेश

काठमाडौं ! कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरिया गाउँमा सिंगो गाउँनै नेकपा एमालेमय भएको छ । सोमबारका दिन एक कार्यक्रमका विच केन्द्रिय सदस्य पुर्व वन तथा वातावरण मन्त्री, कैलाली जिल्ला इन्चार्ज माननिय नारदमुनि रानाले विभिन्न पाटि परित्याग गरी सत्तरी भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेमा प्रवेश गर्नुहुनेलाई टिका तथा मलालाई स्वागत गर्नुभएको हो ।

पाटि प्रवेश गर्नेहरुमा देवहरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा देवहरिया गाउँका सालिन व्यक्तित्व शारदा प्रशाद राना वहाँ नेपाली काँग्रेस पाटि परित्याग गरि आउनु भएको छ । त्यसैगरी नेकापा माओवादी केन्द्र जिल्ला सदस्यसमेत रहेका घोरम राना उक्त पाटि परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन ।

वहाँ संगै अनिल वि.क.,दुगन चौधरी, मायाराम चौधरी,हनुमान चौधरी, लौटन चौधरी,रोशन खाती, गोविन्द रेग्मी, रामप्रसाद चौधरी लगायत ७०बढी जनाले नेकपा एमाले पाटि रोजेका छन । पाटि प्रवेश गर्ने क्रममा वहाँहरुले भने कि देशको समुद्घि ल्याउने, देशविकास गर्ने पाटि नै एमाले हो त्यसैले हामी नेकपा एमाले पाटिमा प्रवेश गरेका छौ ।

पाटि प्रवेश कार्यक्रम सभा लाई सम्बोधन गर्दै पुर्व बन तथा वातावरण मन्त्री, नारदमुनि रानाले भने “जनताको प्यारो पाटि, देश विकास र समुद्घिको बाटो लिएको पाटि , किसान, मजदुर, बृद्घा, सुकुम्बासीहरुको पाटि तपाई हामीहरुको पाटि नेकपा एमाले हो । हाम्रो पाटिको अगुवाइमा देशमा थुपै विकास निर्माणका कामहरु भएका छन ।, कैलाली क्षेत्र नं. ५ को सांसदको हैसियतले मेरै पहलमा विकासका थुपै योजनाहरु पुरा भएका छन कतिपए योजनाहरु भरखर टेन्डर भएका छन ।,

‘धनगढीको शहिद गेट देखि क्याम्पस चौक जानेवाटो, क्याम्पस चौक देखि मनेहराको जंगल सम्म हुलाकी सडक चौडा गरेको , हरेक गाउ तथा वडामा सामुदायिक भवन , विद्यालय लगायतका विकास निर्माणका कामहरु गरेका छौ । जखौर ताल , बेहडा बाबा ताल लगयत ठाउमा हामीले बजेट विनियोजन गरेका छौ र त्यसमा पनि हाम्रो सरकारले केपि ओली नेतृत्वको सरकारले सुकम्वासी, जग्गा विहिनहरु लाई जग्गा दिनको लागि तयारी आवस्थामा रहेको सुकम्वासी आयोग त्यसलाई नेपाली काँगेसको शेर बहादुर देउवा सरकारले खारेज गरिदियो त्यसैले जनताहरु अब फेरी नेकपा एमाले केपीओली कै सरकार चाहेको बताए ।”

कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य राजेश कुमार खाती, जिल्ला सदस्य उमेश गिरी , कमल राना, धनगढी नगर अध्यक्ष रामचन्द्र जोशि,सचिब प्रेम मोहरा , नेकपा एमाले वडा अध्यक्ष रतन खाती , उपाध्यक्ष कालीराम राना, मोति राना लगायतको उपस्थिती रहेको थियो । पाटि प्रवेश कार्यक्रम धनगढी उपमहानगर पालिका वडा नं. ७ का भलमन्सा जगन्नाथ रानाको सभाअध्यक्षतामा भएको थियो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *