माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य बमसहित १५ जना एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य लक्ष्मणबहादुर बम नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
कालीकोटको पलाँटा गाउँपालिकाका पूर्व अध्यक्ष बमलाई पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा शनिबार महासचिव शंकर पोखरेलले खादा र अवीर लगाई स्वागत गर्नुभयो ।
बम गत निर्वाचनमा प्रदेश सभाको  उम्मेदवार हुनुहुन्थ्यो । उहाँसँगै शनिबार १५ जना नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *