रौतहट क्षेत्र न.२ का स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

काठमाडौं ! गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट विजयी रौतहट निर्वाचन क्षेत्र न.२ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य किरण साह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। हिजो सांझ उहाँ बालकोट पुगि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट खादा र टीका लगाएर एमालेमा प्रवेश गर्नुभएको हो। सांसद साहलाई एमाले अध्यक्ष ओलीका साथै उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल लगायतले बालकोटमा स्वागत गर्नुभएको हो। प्रतिनिधि सभामा एमालेका जम्मा ७८ सांसद रहेकोमा अब साहको प्रवेशपछि ७९ सांसद पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *