मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सर्लाहीको प्रदेशसभा ३ (क) बाट स्वतन्त्र निर्वाचित उनी बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा पार्टी प्रवेश गराएका छन् ।

मधेशमा माओवादी केन्द्रका ८ सांसद थिए । कुशाहावाको पार्टी प्रवेशसँगै नेकपा माओवादीको सांसद संख्या मधेशमा ९ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *