माओवादी केन्द्र प्रतिगामी बनेको भन्दै धनगढीबाट नेता कार्यकर्ताहरु एमालेमा प्रवेश

धनगढी ! नेकपा माओवादी केन्द्रका विभिन्न पदमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । आज मंगलबार धनगढी उपमहानगरपालिका वडा न.१२ स्थित चुनावी एक कार्यक्रमका बिच उहाँ एमालेमा प्रवेश गरेका हुन् । बल बहादुर पार्की,सेरु पार्की,परमले लुहार लगायतका दर्जन नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरु सबैलाई एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली-५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले स्वागत गर्नुभएको छ।

माओवादी केन्द्र काङ्ग्रेसको पुच्छर बनेको र देश अनि जनताका सवालभन्दा व्यक्तिगत स्वार्थमा लागेकोले आफुहरुले माओवादी केन्द्र त्यागेको उनीहरुको भनाई छ।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *