अत्तरियाबाट माओवादी केन्द्रका प्रदेश सदस्य सहित १ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

धनगढी ! माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सुरत भुल,जेष्ठ नागरिक मंचका सदस्य धनराज आउजी,जिल्ला कमिटी सदस्य सन्तोष आउजी,नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य पुष्पराज अवस्थी सहित माओवादी, काङ्ग्रेस,नेकपा एस,राप्रपाका हजार बढी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । शनिबार अत्तरिया,कैलालीमा आयोजित एमालेको चुनावी सभाबाट उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरु केहिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो भने बांकीलाई एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी राना,पोलिटब्यूरो सदस्य एवं सुदूरपश्चिम सह-इन्चार्ज लिला भण्डारीले पार्टीमा स्वागत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *