माओवादीका प्रदेश कमिटी सदस्य शेर्पासहित पाँच दर्जनभन्दा बढी एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा नेपाल शेर्पा संघका पूर्व अध्यक्ष पेमाछिरी शेर्पा, गेल्जेन शेर्पा, प्रगति महिला समूहका अध्यक्ष फूलमाया गुरुङसहित ६० जना सामाजिक अभियन्ता  नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा उहाँहरुलाई खादा र अवीर लगाई स्वागत गर्नुभयो ।

 
एमालेमा प्रवेश गर्नेहरुमा प्रगति महिला समूहका शर्मिला तामाङ, सुनिता राई, मीना शेर्पा, दिकु शेर्पा, लामु शेर्पा, सावित्री श्रेष्ठ, गीता श्रेष्ठ, मेदो शेर्पा, इन्दिरा कार्की, विमला लामा, सविता लामा, इन्दु ढुग्रा, प्रमिला तिमिल्सिना, विमला लिम्बूू, विनिता ब्लोन, मैच्याङ तामाङ, लेमी शेर्पा, शुक्र तामाङ र सिर्जना कुँवर हुनुहुन्छ ।


यसैगरी आजै काठमाडौं निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत कामनपा वडा नं. ४ मा आयोजित कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा नेपाली कांँग्रेसका क्रियाशील सदस्य रमेश प्रजापति र आशिष महर्जन एमालेमा प्रवेश गर्नुभयो ।
यस्तै, माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर–४ मा वडा सदस्यका उम्मेदवार रहेका दिनेश श्रेष्ठसहित राप्रपाबाट न्हुुछे प्रजापति र जसपाबाट शिव पाण्डे, अंशु उपाध्याय र विमला पाण्डे पनि एमालेमा प्रवेश गर्नुभयो ।
उहाँहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *