धनगढीबाट काङ्ग्रेसका टोल कमिटी संयोजक सहित २५ जना नेता – कार्यकर्ता एमालेमा प्रवेश

धनगढी ! नेपाली काङ्ग्रेस धनगढी उपमहानगरपालिका वडा न.३ का टोल संयोजक जोगी पार्की सहित २५ जना नेता कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको छ।उहाँलाई एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी राना र प्रदेशसभा(२) का उम्मेदवार दुर्गा जोशीले स्वागत गर्नुभएको छ।

एमाले प्रवेश गर्नुभएका पार्कीले काङ्ग्रेस बिदेशीको मतियार बनेको र उसले देश र जनताका पक्षमा काम गर्न नसक्ने निष्कर्ष बुझेर आफू एमालेमा प्रवेश गरेको बताउनुभयो।उहाँले कैलाली ५ मा नारदमुनी राना लगायत सम्पुर्ण उम्मेदवारहरुको जित सुनिश्चित रहेको टोकुवा गर्नुभयो।                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *