धनगढीबाट माओवादी केन्द्र र नेकपा (एस) का नेताहरु एमालेमा प्रवेश

धनगढी ! धनगढीबाट माओवादी केन्द्र र नेकपा (एस) परित्याग गरि विभिन्न व्यक्तित्वहरु एमालेमा प्रवेश गरेका छन् । आज धनगढीमा आयोजित एक कार्यक्रमका बिच उनीहरु एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नेहरुमा धनगढी उपमहानगरपालिका वडा न. १४ सि गाउँ बस्ने शेर बहादुर थापा , वीर बाहदुर परियार,लक्ष्मण चौधरी ,सुनिल सुनार, खेम भट्ट रहेका छन् भने नेकपा (एस) बाट प्रवेश गर्मेमा मन्जुल चौधरी रहेका छन् ।

उनीहरु सबैलाई एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले स्वागत गरेका छन्।                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *