नेकपा एसका धनगढी नगर अध्यक्ष मदन रेग्मी सहित काङ्ग्रेसबाट २ सयबढी नेता कार्यकर्ता एमालेमा प्रवेश

धनगढी ! नेकपा एसका धनगढी उपमहानगरपालिकाका अध्यक्ष मदनराज रेग्मी सहितका नेता कार्यकर्ताहरु एमालेमा फर्किएका छन् । उनीसंगै जिल्ला सचिवालय सदस्य राजेन्द्र बम सहितका एसका नेता कार्यकर्ताहरु एमालेमा फर्किएका छन् । उनीहरुसंगै धनगढी उपमहानगरपालिका,गोदावरी नगरपालिकाबाट काङ्ग्रेसका क्रियाशिल सदस्य सहितका नेता कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् साथै माओवादी केन्द्रबाट पनि विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । काङ्ग्रेस,माओवादी,एसका करिब २०० बढी नेता कार्यकर्ताहरु आज एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरु सबैलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अत्तरियामा एक कार्यक्रमकाबिच पार्टीमा स्वागत गर्नुभएको थियो। सो अवसरमा एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट,पोलिटब्यूरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना,एमाले सुदूरपश्चिम कमिटी सचिव धर्मराज पाठक लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *