कैलालीबाट माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बहादुर तिरुवा एमालेमा प्रवेश

धनगढी ! माओवादी केन्द्रका कैलाली जिल्ला कमिटी सदस्य बहादुर तिरुवा उक्त पार्टी परित्याग गरि आज एमालेमा प्रवेश गर्नुभएको छ। एमाले कैलाली क्षेत्र न.५ को चुनावी घरदैलो कार्यक्रममा धनगढीमा आज आयोजित एक कार्यक्रममा पुगि उहाँ एमालेमा प्रवेश गर्नुभएको हो। नेता तिरुवालाई एमालेका पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न.५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले उहाँलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

नेता तिरुवाले माओवादी परित्याग गर्दै भन्नुभयो-‘माओवादीले काङ्ग्रेस जस्तो दक्षिणपन्थी पार्टीको साथमा बसेको र राष्ट्रघाती मुद्दाहरुमा उसलाई साथ दिएकोले मैले उक्त पार्टीलाई कम्युनिस्ट ठान्न सकिन र उक्त पार्टीमा बस्न उचित ठानिन।’

उहाँले एमालेमात्र देश र जनताको लागि सोच्ने पार्टी भएकोले आफू उक्त पार्टीमा प्रवेश गरेको बताउनुभयो। उहाँले कैलाली-५ मा मात्र नभएर देशभरीका एमालेका उम्मेदवारहरु जित्ने दावी गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *