चुनावको मुखैमा रित्तियो नेकपा एस : प्रदेश सचिवालय सदस्यसहित १० जना एमालेमा प्रवेश

काठमाडौं ! नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सचिवालय सदस्य तथा नुवाकोटका पुराना कम्युनिष्ट नेता केपी (कृष्णप्रसाद) लामिछानेसहित नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता लामिछानेसहित समाजवादीका १० जना जिल्ला कमिटी सचिवालय सदस्य र कमिटीका नेता कर्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराएका हुन्।

एमाले प्रवेश गर्ने समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्यहरूमा मेघराज लामिछाने, दीपक पाठक, ठाकुर भण्डारी, राजन थापा, हरि गिरी, प्रेम तमाङ, यमसिं तामाङ, फुर्पाछिरिङ तामाङ, देवकी पाठक, रघु पण्डित तथा सदस्य राजेन्द्र खतिवडा लगायतका छन्।

त्यस्तै, नेकपा समाजवादीका प्रदेश कमिटी सदस्य जीतबहादुर बलामी पनि छिट्टै एमाले प्रवेश गर्ने तयारीमा रहेका नेकपा एमाले नुवाकोटले जनाएको छ।

विशेष कार्यक्रमको आयोजना गरी बलामीलगायतलाई एमाले प्रवेश गराउने एमाले नुवाकोटका उपसचिव नीलकण्ठ आचार्यले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *