नेकपा एसका काठमाण्डौ जिल्ला कमिटी सदस्य मनोज श्रेष्ठ एमालेमा प्रवेश

काठमाडौं ! नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटी सदस्य मनोज श्रेष्ठ नेकपा एमालेमा प्रवेस गरेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का श्रेष्ठलाई काठमाण्डौ क्षेत्र नं ५  का प्रतिनिधि सभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले नेकपा एमालेमा स्वागत गरेका थिए।

बुढानिलकण्ठ क्षेत्र विकास समितिका पुर्व सदस्य सचिव रहेका श्रेष्ठ लामो समय नेकपा एमालेका विभिन्न जिम्मेवारीमा लामो समय देखि सक्रिय रहदै पार्टी विभाजन संगै नेकपा एसमा सक्रिय रहेका थिए।

राजनीति संगै सामाजिक क्षेत्रमा क्रियाशील रहेका श्रेष्ठ नेकपा एमाले प्रवेसको अवसरमा केन्द्रीय सदस्य तथा काठमाण्डौ क्षेत्र नं ५ (१ ) का उम्मेदवार नारायण सिलवाल , काठमाण्डौ क्षेत्र नं ५ (२ ) का उम्मेदवार दिपक निरौला , निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *