भक्तपुरबाट विभिन्न पार्टी परित्याग गरि सयौं युवाहरु एमालेमा प्रवेश

भक्तपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा भक्तपुरमा सयौं युवाहरु एमालेमा प्रवेश गरेका छन् । जिल्लाको सूर्यविनायक र सिरुटारमा गरी करिव तीन सय युवाहरु एमाले प्रवेश गरेका हुन् ।
आज नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य (नेपाल लोकतान्त्रीक फोरम केन्द्रीय सदस्य) हाल कांग्रेसका क्रियाशिल सदस्य प्रकाश ढकाल, सुनिल तज (नेपाल लोकतान्त्रीक फोरम जिल्ला सचिव तथा २०७० सालको संविधानसभाका उम्मेदवार), क्रिसन त्वाती स्वतन्त्र, डा. रुपेश गाईजु (विपी कांग्रेसका जिल्ला सभापति), दिपक महत माओवादी केन्द्रका पूर्वजिल्ला सदस्य, बैकुण्ठ महत, प्रदिप महत, नेत्रबहादुर कार्की लगायतको नेतृत्वमा १ सय ४७ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्र्रवेश गरेका हुन् । केही समय अघि कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नुभएका रामशरण देउजाको संयोजनमा एमाले प्रवेश गर्नेहरुमा गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी, कांग्रेस विपी, राप्रपालगायतका दलहरुका १४७ जना युवाहरु एमाले प्रवेश गरेका हुन् ।
त्यस्तै सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा करिव एक सय ५५ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत, केन्द्र्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, निर्मल भट्टराई, एमाले बागमती प्रदेश सदस्य राजेन्द्र राजथला, शसी जंग थापा, एमाले क्षेत्र नं. १ का उम्मेदवार नवराज गेलाल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, चाँगुनारायण नगरपालिका भक्तपुर क्षेत्र नं. १ ‘क’ क्षेत्रका उम्मेदवार मोहनवीर श्रेष्ठ, सूर्यविनायक ‘क’ उम्मेदवार किरण थापा, लगायतले नवप्रवेशीलाई टीका लगाई एमालेमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नवप्रवशी ढकालले कांग्रेसभित्र समस्या र कुरितिको चाँड रहेको उल्लेख गर्दै लोकतान्त्रीक व्यवस्था र विकासको नेतृत्वमा एमालेको विकल्प नभएको बताउनुभयो । आगामी दिनमा एमालेका उम्मेदवारलाई विजयी गराउन जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको उल्लेख गर्दै ढकालले आगामी दिनमा पार्टी प्रवेशलाई दोब्बरका दरले बढाउँदै लैजाने घोषणा समेत गर्नुभयो । भक्तपुरलाई एमालेको लालकिल्ला बनाएरै छोड्ने उद्घोष गर्दै उहाँले गठबन्धनका उम्मेदवार दुर्लभ थापाको अनौतिक कार्य तथा गतिविधि सैह्य नभएकाले एमाले प्रवेश गरी एमालेलाई भोट र गठबन्धनलाई चोट दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेता बस्नेतले सत्ताको आडमा गठबन्धन सरकारले प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जबरालाई नजरबन्दमा राखेको भन्दै आक्रोस जनाउनुभयो । सत्ता गठबन्धनले न्यायापालिकामाथि गिजोल्ने काम गरेको आरोप लगाउँदै उहाँले एमाले त्यसको लागि लाग्नुपर्ने अवस्था रहेको बताउनुभयो । भ्रष्टाचार, अनियमिततालगायतको अन्त्यको लागि एमालेको विकल्प नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, पर्यटकीय, धार्मिक तथा सांस्कृतिक रुपान्तरणको साथ साथै व्यापक मात्रामा रोजगारीको लागि लाग्नुपर्ने आवश्यकता, औद्योगिकरणको अभियान, कला, संस्कृतिलाई जर्गेना गर्नुपर्ने छ । भ्रष्टाचारमुक्त भक्तपुर बनाउनछ । त्यसको लागि जनताको अभिमत अपरिहार्य रहेको छ ।’
जनताको हितमा काम गर्ने एमाले मात्र भएको उल्लेख गर्दै उहाँले सामाजिक न्यायको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । हिजो सिंदरवारले नदेखे पनि एमालेले सिंहदरवारले भक्तपुरलाई खोज्ने अवस्थामा बनाएको दावी गर्दै उहाँले अब भक्तपुरले सिंहदरवारको नै नेतृत्व गर्ने क्षमताको विकास गरेको बताउनुभयो । भक्तपुरमा विकासमा कायापलट भएको उल्लेख गर्दै उहाँले आधुनिक विकास अबको एमालेको अभियान हुने बताउनुभयो । युवालाई रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउँदै उहाँले भक्तपुरको आवाज सदनमा एमालेले बाहेक अरुले उठाउने कार्य नगरेको उदाहरणसहित उल्लेख गर्नुभयो ।
अबका दिनमा भक्तपुरको बुद्धिजीवि तथा ज्ञानका केन्द्रलाई प्रदेश तथा संघको नीति निर्माणमा समावेश गराउने उल्लेख गर्दै नेता बस्नेतले बजेट निर्माण, नीति निर्माण, कानुन निर्माण, सार्वजनिक महत्वको कुरामा आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्ला इन्चार्ज मिश्रले मुलुक बनाउने दृष्टिकोण र भिजन एमालेमा मात्र भएको दावी गर्नुभयो । पार्टीभित्र रहेको सम्पूर्णलाई योग्यता, क्षमताको कदर गर्ने उल्लेख गर्दै उहाँले पार्टी भित्र नवप्रवेशीलाई भेदभाव र अन्याय नहुने बताउनुभयो । जिल्ला अध्यक्ष देउजाले सम्पूर्ण नेपाली अट्ने  छहारी भएको उल्लेख गर्नुभयो । एमालेले नवप्रवेशीलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाउँदै उहाँले विगतमा समेत एमालेले नवप्रवेशीलाई उच्च प्राथमिकता दिँदे आएको स्मरण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *