धनगढीबाट चुनावको मुखैमा काङ्ग्रेस,माओवादी परित्याग गरि प्रभुत्व व्यक्तिहरु एमालेमा प्रवेश

धनगढी ! धनगढी उपमहानगरपालिका वडा न. ६ मटयारी नजरीया टोलबाट काङ्ग्रेस माओवादी लगायत विभिन्न दलहरु परित्याग गरि विभिन्न व्यक्तित्वहरु एमालेमा प्रवेश गर्नुभएको छ। उहाँहरुलाई एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी रानाले टीका र खादा लगाएर एमालेमा स्वागत गर्नुभएको छ।

उक्त अवसरमा नवप्रवेशीहरुले काङ्ग्रेस माओवादीले देशलाई बर्बाद पारेकोले आफुहरुले एमाले रोजेको बताउनुभयो। साथै आगामी निर्वाचनमा एमालेका प्रतिनिधि सभा उम्मेदवार नारदमुनी राना,प्रदेश सभा उम्मेदवार(२) का उम्मेदवार दुर्गा जोशीलाई जिताउनुको विकल्प नरहेको बताउनुभयो।

उक्त अवसरमै एमालेको नजरिया टोल कमिटीपनि गठन गरिएको छ। उक्त टोल कमिटी दिपकराज जोशीको संयोजकत्वमा गठन गरिएको थियो।

उक्त कार्यक्रममा एमालेका केन्द्रीय,प्रदेश,जिल्ला,नगर र गाउँ/टोल कमिटीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
एमालेबाट पोलिटब्यूरो सदस्य एवं कैलाली-५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारदमुनी राना,पोलिटब्यूरो सदस्य एवं प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार लिला भण्डारी,केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार सन्तोष शर्मा थापा,एमाले सुदूरपश्चिम प्रदेश सचिव एवं प्रदेश समानुपातिक उम्मेदवार धर्मराज पाठक,एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य रण बहादुर चन्द,एमाले जिल्ला कमिटी कार्यबाहक अध्यक्ष एवं प्रदेश सभा सदस्य(२) का उम्मेदवार दुर्गा जोशी,प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार कोइली चौधरी लगायतका नेताहरुको उपस्थिति थियो।                                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *