खोटाङबाट माओवादी केन्द्रका पालिका कमिटी उपाध्यक्ष नै एमालेमा प्रवेश

काठमाडौं ! खोटाङमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश गर्नुभएको छ। जिल्लाको केपिलासगढी पालिका कमिटीको उपाध्यक्ष राजकुमारी परियार आज उक्त पार्टी परित्याग नेकपा (एमाले) पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँलाई एमाले पोलिटब्यूरो सदस्य एवं खोटाङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विशाल भट्टराईले खादा र टीका लाएर पार्टीमा स्वागत गर्नुभएको छ। उक्त अवसरमा एमाले केन्द्रीय सदस्य रमेश पौडेल लगायतका एमाले नेताहरु सहभागी हुनुहुथ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *