घोराहीबाट काँग्रेस, माले र माओवादीका दुई दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं ! नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा माले पार्टी परित्याग गरि दुई दर्जन नेता, कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।
घोराही १२ वडा कमिटीको आयोजनामा बुधवार अवलडाँडामा एक कार्यक्रमको आयोजना गरी नेता, कार्यकर्ताहरुलाई नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । राष्ट्र, राष्ट्रियताको रक्षा र कुशल नेतृत्व एमालेले गरिरहेको भन्दै उनीहरुले एमालेमा आवद्ध भएर राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्ने बताए । एमाले महासचिव शंकर पोखरेलले नेपाली काँग्रेसकी क्षेत्रीय प्रतिनिधि इन्दिरा चौधरी, नेकपा मालेका जिल्ला कमिटी सदस्यहरु कृष्णप्रसाद डाँगी,नन्दलाल वली, नेकपा माले वडा कमिटी सदस्यहरु नरबहादुर वली, भुमा वली, वविता विक, जोखि वली, खिमा वली, शिवा डाँगी, तुलसी वली, खिमसरा डाँगी, पारस डाँगी, लिलाबहादुर डाँगी, गिता डाँगीलाई अविर लगाएर स्वागत गर्नु भएको थियो ।

यसैगरी हिमा डाँगी, झरना डाँगी, रामकली डाँगी, कृष्णबहादुर विक, खिमा वली, विकास वली, टिकाराम चौधरी तथा नेपाली काँग्रेसका टेकबहादुर बुढा, माओवादी केन्द्रका यामबहादुर नेपाली, नेकपा मालेका कुम्भ केसी र माओवादी केन्द्रका माघु चौधरीलाई महासचिव शंकर पोखरेलले स्वागत गर्नुभयो । नेकपा एमाले घोराही १२ नं. वडा कमिटी अध्यक्ष जोगेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव पोख्रेल, नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य एवं दाङ निर्वाचन प्रदेससभा २(२) का उम्मेदवार गिरीराज केसी, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी,घोराही उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष एवं एमाले १२ नं. इन्चार्ज द्रोण बहकरीलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।           

Leave a Reply

Your email address will not be published. Required fields are marked *