धनगढीबाट सत्ता गठबन्धन निर्वाचन परिचालन सचिवसहित २०० जना नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं ! धनगढी उप महानगरपालिका वडा नम्बर १ मा २ सय जना बिभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । पाटी वडा कमिटिले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा बाम लोकतान्त्रीक गठबन्धनका वडा नम्बर १ निर्वाचन परिचालन समिति सचिव राम कुमार घिमिरे नेतृत्वको सो टिम एमाले प्रवेश गरेको हो ।

केही दिनअघी औपचारिक रुपमा सत्ता गठबन्धन छोड्दै एमाले रोजेका घिमिरेले आज २ सय जना कार्यक्रताहरु सहित एमाले पोलिट्ब्युरो सदस्य तथा एमालेबाट कैलाली ५ का उमेदवार नारदमुनी रानाबाट टिका ग्रहण गर्दै एमाले प्रवेश गरेका हुन् । वडा नम्बर १ मा आज मात्रै २ सय जना नेकपा माओवादी र नेकपा एकिकृत समाजवादी छोडेर एमाले रोजेको घिमिरेले बताए । फेरी एमाले प्रवेश गर्ने बढ्ने उनको भनाई थियो ।

वडा कमिटिद्वारा आयोजित पाटी प्रवेश कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ का उमेदवार नारदमुनी राना, प्रदेशसभा ख का उमेदवार दुर्गा जोशी, पार्टी प्रदेश सचिव धर्म राज पाठक, केन्द्रिय निर्वाचन आयोगका सदस्य रण बहादूर चन्द, जिल्ला उप सचिव लोकेन्द्र शाही लगायतले टिका लगाएर प्रवेश गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *