काठमाडौं ! नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य एवं समाजवादी अनेम संघकी केन्द्रिय सचिव रिता रावल र समाजवादी संबद्ध पत्रकार संगठनका जाजरकोट जिल्ला सचिव अर्पण रावल आज आफ्नो मुल घर नेकपा एमालेमा फर्किनु भएको छ। एमाले अध्यक्ष ओलीको निजि निवास बालकोट पुगि उहाँहरु एमालेमा फर्किनुभएको हो। उहाँहरुलाई अध्यक्ष ओलीले खादा र टीका लाएर स्वागत गर्नुभएको थियो।