मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष चौधरी एमाले प्रवेश

कपिलवस्तु । जनता समाजवादी पार्टीका नेता तथा मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष वजरंगीप्रसाद चौधरी एमाले प्रवेश गर्नुभएको छ ।
उहाँसँगै माधुरी अग्रहरी  र कपिलवस्तु नगरपालिका वडा नं. ११ का ७५ जना नेपाली काँग्रेसका कार्यकर्ता र समर्थक पनि एमाले प्रवेश गर्नुभएको छ । अग्रहरी गएको स्थानीय तहको निर्वाचनमा पालिकाको उपाध्यक्ष पदमा झिनो मतले पराजित हुनुभएको थियो ।
सो अवसरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार वलराम अधिकारीले  जनतामा एमालेप्रतिको विश्वास बढेको भन्दै  अब देशको जिम्मेवारी लिन एमालेले भारीमतले जित्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *