भक्तपुरबाट काङ्ग्रेसका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश : अध्यक्ष ओलीले गर्नुभयो स्वागत

भक्तपुर ।संघीय तथा प्रदेश निर्वाचनको संघारमा भक्तपुर कांग्रेसलाई झट्का लागेको छ ।

आज बालकोटमा आयोजित एक कार्यक्रमका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट माला र पूर्वमन्त्री नेता बस्नेतको हातबाट टिका लगाई नेपाली कांग्रेस र नेकपा एसका नेताकार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय निर्माण व्यवसायी समन्वय विभाग सदस्य राम शरण देउजा, पूर्व राप्रपा जिल्ला सदस्य दिपक राना मगर, कांग्रेस २०४९ सालको सिपाडोल गाविसका उपाध्यक्ष दामोदर भट्टराई, २०७४र०७९ मा नेका दलित सदस्यबाट उठ्नु भएकी नानु नेपाली, नेकपा एसबाट पुरानो घर फर्किनु भएका अर्जुन बस्नेत, उध्दब चौलागाई लगायत २५ जना एमालेमा प्रवेश गर्नुभएको छ ।

आगामी निर्वाचनमा तेब्बर भन्दा बढी मतले विजयी हुने दावी गर्नुभएका नेकपा एमालेको पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री तथा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतको विशेष पहलमा उहाँहरु आज एमालेमा प्रवेश गर्नु भएको छ ।

पार्टी प्रवेश गर्दै उहाँहरुले नेपालको राष्ट्रियताको नेतृतत्वकर्ता पार्टी भनेकै एमालेमात्र रहेको उल्लेख गर्दै भक्तपुरमा एमालेको नेतृत्वमा नेता बस्नेतले विकास र समृद्धिमा खेल्नुभएको भूमि ऐतिहासिक भएकाले अबका दिनमा नेता बस्नेतको मिसन, भिजन र दृढतालाई सफल बनाउन जस्तोसुकै परिस्थितीको सामाना गर्दै एमालेमा गोलबन्द भएको उल्लेख गर्नुभयो ।

नवप्रवेशीलाई अध्यक्ष ओलीले खादा लगाएर र नेता बस्नेतले टिका लगाएर पार्टीमा स्वागत गर्नुका साथै राजनीतिक जीवनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । पार्टीले नवप्रवेशीलाई योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा, एमाले भक्तपुर क्षे नं. २ ‘क’ का प्रदेश सभाका उम्मेदवार किरण थापालगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *