लोसपाबाट बारा-४ का निवर्तमान प्रतिनिधि सभा सांसद एकवाल मियाँ एमालेमा प्रवेश (फोटो फिचर)

काठमाडौं ! बारा-४ बाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य एवं लोसपा नेता एकवाल मियाँ एमालेमा प्रवेश गर्नुभएको छ। शुक्रबार साँझ अध्यक्ष ओली निवासमा पुगि उहाँ एमालेमा प्रवेश गर्नुभएको हो।

उहाँलाई अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल र सचिव रघुबिर महासेठले पार्टीमा खादा टीका लगाएर स्वागत गर्नुभएको थियो। गठबन्धनबाट एकीकृत समाजवादीको भागमा उक्त क्षेत्र परेपछि रुष्ट नेता मियाँ उचित निर्णयको पर्खाइमा हुनुहुन्थ्यो। एमालेले उहाँलाई सम्भवतः बारा-४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउनेछ।                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *