माधव नेपालको निर्वाचन क्षेत्र रौतहटबाट एस छोड्नेको लर्को : आज एमाले प्रवेश गरे यी नेताहरु

काठमाडौं ! नेकपा एस रौतहटका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन् । आज बालकोटमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो।

आज प्रवेश गर्नेहरुमा गुजरा नगरपालिकाको मेयर प्रत्याशी चर्चित युवा नेता केशव राय चौधरी, जनआन्दोलनका शहिद ताहिर हुसेन अंसारीका सुपुत्र एवं पार्टी जिल्ला सदस्य सकिल अंसारी, सोबिन्द्र चौधरी लगायत अन्य महत्वपूर्ण जिल्ला सदस्यहरु एवं विभिन्न वडामा अध्यक्षका प्रत्याशीहरु एमालेमा प्रवेश गरेका छन् । रौतहट नेकपा एसका अध्यक्ष माधव नेपालको निर्वाचन क्षेत्र भएकोले उक्त प्रभावशाली नेताहरुको एमाले प्रवेशले माधव नेपाललाई धक्का लाग्ने देखिएको छ। उक्त अवसरमा एमाले स्थायी कमिटी सदस्य प्रभु साहपनि उपस्थित हुनुहुन्थ्यो।                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *