धनकुटाबाट नेकपा एस र लिम्बुवानका प्रभावशाली नेताहरु एमालेमा प्रवेश

काठमाडौं ! गठबन्धनको विरुद्धमा माओवादीका पोलिटव्यूरो सदस्य सहित जिल्ला कमिटीले नै राजिनामा गरेको हप्तादिन पछि नेकपा एसका उच्च तहका सात जना नेता एमाले प्रवेश गरेका छन् । उनीहरुसँगै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय सचिवालय सदस्य सहित १५ जना भन्दा बढी नेताहरु एमाले प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ एमालेमा प्रवेश गराउनु भएको छ ।

एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीका अनुसार नेकपा एसका प्रदेश कमिटी सदस्य सरेन्द्र प्रसाद पौडेल,पाख्रिवास नगर कमिटी अध्यक्ष सोभित निरौला,अनेरास्ववियु केन्द्रीय कमिटी सचिव सावित्रा घिमिरे एमालेमा प्रवेश गर्नुभएको छ । यसैगरी एसका जिल्ला कमिटी सदस्य दुर्गा निरौला पाख्रिवास नगर कमिटी सदस्य भक्त भूजेल पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
पराजुलीका अनुसार मञ्चका केन्द्रीय सचिवालय सदस्य चन्द्र सिंह नेम्वाङ लिम्बू सहित १५ जना पनि एमालेमा प्रवेश गर्नुभएको छ । यसैगरी माओवादी केन्द्रका चौवीसे गाउँ कमिटी सचिव गणेश तुम्सा पनि एमाले प्रवेश गर्नुभएको छ ।
उनीहरु धनकुटाबाट अध्यक्ष ओलीलाई भेट्न झापाको दमक आएका थिए । पार्टी केन्द्रीय सदस्य राजेन्द्र राई,जिल्ला अध्यक्ष पराजुली,प्रदेश कमिटी सदस्य निरन राई र शहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राई लगायतका नेताहरुको उपस्थिती उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
इन्चार्ज राईका अनुसार माओवादी पछि नेकपा एसमा गएको पहिरोका कारण अब एमालेलाई गठबन्धनलाई परास्त गर्न थप सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *